Comments Add Comment

समाजवादीको ह्विप, सरिता गिरीले भनिन्-संसदमै निर्णय सुनाउँछु

३१ जेठ, काठमाडौं । समाजवादी पार्टीले नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्नेे संविधान संशोधन विधेयकको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ ।

संसदीय दलको शनिबार बसेको बैठकले सांसद सरिता गिरीलाई संशोधन फिर्ता लिन निर्देशन समेत लिएको छ । तर गिरी भने यसबारे सोचेर संसदमा जानकारी दिने बताएको एक सांसदले बताए । त्यसलगतै उनी बैठकबाट बाहिरिएकी छन् ।

बैठकले संशोधन विधेयकको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेको सांसद प्रदीप यादवले जानकारी दिए ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारीअनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ । यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन हालेकी छन् ।

पार्टीले संशोधन फिर्ता लिन निर्देशन दिएपछि उनले फिर्ता लिएकी छैनन् । यद्यपि शनिबार विधयेक निर्णयार्थ पेश गर्नुअघि फिर्ता दिने समय बाँकी नै रहेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment