Comments Add Comment

रेडक्रसको महाधिवेशन सर्‍यो, असार अन्तिम सातामा हुने

२ असार, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको ४८ औं महाधिवेशनको मिति सरेको छ । यही जेठ ३० गतेदेखि ३२ गतेसम्म बोलाइएको रेडक्रसको महाधिवेशन बन्दाबन्दीका कारण असारको अन्तिम सातालाई सरेको हो ।

रेडक्रस सोसाइटीको केन्द्रीय कार्य समितिले असार २५ देखि २७ गतेसम्म केन्द्रीय सभाको ४८ औं अधिवेशन काठमाण्डौं उपत्यकाभित्र गर्ने निर्णय गरको थियो । उक्त निर्णयलाई अध्यक्ष सञ्जीव थापाले अनुमोदन गरेका छन् ।

यसअघि २०७६ वैशाख २३ देखि २५ गतेसम्म सुनसरीमा आहन गरिएको ४८ औं महाधिवेशन अन्तिम समयमा रोकिएको हो । आकस्मिक रूपमा वैशाख २२ मितिको जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनात्मक पत्रका कारण आइपुगी संस्थाको महत्वपूर्ण महाधिवेशन र निर्वाचन स्थगित भएको थियो । र, त्यस पश्चात विभिन्न कारणले महाधिवेशन र निर्वाचन हुन सकेको छैन ।

यसैगरी, विद्युतीय बैठकलाई पनि आधिकारिक मान्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु बैठकको लागि स्वयं उपस्थित हुन नसक्ने अवस्थामा विद्युतीय सम्पर्क माध्यमबाट बैठक बस्न सकिने र त्यस्तो बैठकले गरेको निर्णय केन्द्रीय कार्य समितिको भौतिक उपस्थिति भएको बैठक सरह मान्य हुने निर्णय गरिएको जनाइएको छ ।

यस्तै, विद्युतीय निर्वाचनको संभावना अध्ययन गरी सुझाव दिन उपमहामन्त्री हरिप्रसाद न्यौपानेको संयोजकत्वमा समिति गठन गरिएको छ ।

नेपाल रेडक्रसमार्फत कोभिड प्रतिकार्य गतिविधि देशैभरी सञ्चालन गरिएको जनाइएको छ । भारत लगायतका मुलुकबाट नेपाल फर्कने नेपालीहरुलाई लक्षित गरी नेपाल प्रवेशद्वारहरु, जिल्लाहरुका होल्डिङ सेन्टरहरुमा नेरेसोका स्वयंसेवकहरुले सहयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment