+
+

लुम्बिनी प्रादेशिक अस्पतालमा २५०० मै पीसीआर परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २८ गते १६:३४

२८ भदौ, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना परीक्षण शुल्क घटाएको छ । यसअघि सुरुमा ५५ सय र पछि ४४ सय रुपैयाँ लिइँदै आएको पीसीआर परीक्षण शुल्क सोमबारदेखि २५ सय रुपैयाँ लिने निर्णय भएको छ । त्यसैगरी बिरामी र उच्च जोखिममा परेकाहरुका लागि निःशुल्क परीक्षण र २४ घण्टामा रिपोर्ट दिइने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. राजेन्द्र खनालले बताए ।

अस्पतालले परीक्षण संख्या बढाई दैनिक ४ सयदेखि ५ सयजनाको परीक्षण गर्ने जनाएको छ । प्रदेश ५ कै भेरी अस्पताल नेपालगञ्जले एक हप्ता अघिदेखि २२ सय रुपैयाँमा परीक्षण गर्दै आएको छ । परीक्षण शुल्क घट्नु र फरक फरक दरमा गरिनुको कारणबारे अस्पतालले बताउन चाहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?