Comments Add Comment

दुई महिने शिशुसहित कर्णालीमा थपिए ३५ जना कोरोना संक्रमित 

१६ जना डिस्चार्ज

फाइल तस्वीर

२ असोज, सुर्खेत । पछिल्लो २४ घण्टामा दुई महिने शिशुसहित कर्णालीमा थप ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी अस्पताल प्रयोगशाला रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा शुक्रबार ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित मध्ये रुकुम पश्चिमका २३ जना, सुर्खेतका ६ जना, सल्यानका ५ जना र मुगुका एकजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाकाले जनाएको छ ।

चौरजहारी नगरपालिका रुकुम पश्चिम्मा मात्रै २३ जनामा संक्रमण पुष्टि भएको छ । दुई महिने शिशुसहित ८ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३ हजार ६३ पुगेको छ ।

१६ जना डिस्चार्ज

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार शुक्रबार प्रदेशमा थप १६ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ६४९ पुगेको छ ।

हालसम्मा प्रदेशभर ४०८ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु पुष्टि भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment