
७ असोज, काठमाडौं । गोरखा स्मारक ट्रस्टका अध्यक्ष पदमबहादुर गुरुङले पूर्व सांसद डा. गणेशमान गुरुङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका छन् ।
गेसोका संस्थापक सभापति समेत रहेका पदमबहादुरले गोरखा स्मारकको नाममा पूर्व सांसद डा. गुरुङले राज्यकोषबाट रकम निकालेर दुरुपयोग गरेको आरोप लगाएका छन् । स्याङ्जाको फेदीखोला–१, साल्मेडाँडास्थित स्मारकको नाममा रकम दुरुपयोग गरेको उजुरीमा दाबी गरिएको छ ।
विभिन्न ६ बुँदे आरोप लगाएका पदमबहादुरले पूर्व सांसद गुरुङले के कति रकम दुरुपयोग गरेका हुन भन्ने चाहिँ उजुरीमा खुलाउन सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4