+
+

महालक्ष्मी नगरपालिकाका मेयर कोरोना मुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १९ गते १८:४२

१९ असोज, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ कोरोना मुक्त भएका छन् । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार गराउँदै आएका मेयर श्रेष्ठ २१ औं दिनमा सोमबार डिस्चार्ज भएका हुन् ।

अस्पतालमा रहँदा मेयर श्रेष्ठलाई अक्सिजन सपोर्ट दिनुका साथै रेमडेसिभिर औषधि समेत प्रयोग गरिएको अस्पतालले जनाएको छ । उपचारकै क्रममा आइतबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट सोमबार नेगेटिभ आएसँगै मेयर श्रेष्ठलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

गत भदौ २९ गते एक्कासी ज्वरो आएपछि उनी अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?