+
+

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २७ गते १२:३७

२७ असोज, काठमाडौं । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एकजना कोराना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान ९ः४५ बजे मृत्यु भएको हो ।

ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनी असोज २ गते अस्पतालमा भर्ना भएका थिए । सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनलाई सघन कक्षमा राखेर उपचार थालिएको थियो ।

अस्पतालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मुटुका रोगी समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?