+
+

सन्यास लिइसकेका चेक चेल्सीको टिममा फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ५ गते १२:५५

काठमाडौं । सन्यास लिइसकेका गोलकिपर पिटर चेक चेल्सीको प्रिमियर लिग टिममा फर्किएका छन् ।

३८ वर्षका चेकले २०१८–१९ को सिजनको अन्त्यमा सन्यास लिएका थिए र क्लबका टेक्निकल एण्ड पफर्मेन्स एड्भाइजसको भूमिकामा थिए ।

तर आपतकालीन अवस्थाका लागि उनी टिममा आएका छन् । स्टामफोर्ड ब्रिजमा ११ वर्ष विताएका उनले चार प्रिमियर लिग, एक च्याम्पियन्स लिगसहित १३ उपाधि जिते । उनले अन्तिम पटक २०१५ मेमा खेलेका थिए ।

त्यसपछि चिरप्रतिद्वन्द्वी आर्सनल पुगेका उनी २०१९ मा गोलकिपर प्रशिक्षकका रुपमा चेल्सी फर्किए । अब फेरि टिममा परेका चेकबारे प्रशिक्षक फ्राङ्क लाम्पार्डले भनेका छन्, ‘यो रमाइलोका लागि गरिएको होइन ।’

चेकले हिजो जस्तो खेले, त्यस्तो अब अपेक्षा गर्न नसकिने भएपनि आपतकालमा उनी बाहेक अरु नहुने बताए । चेल्सीमा चेक बाहेक केपा, मेन्डी र काबेलारो छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?