+
+

प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति बाइडनलाई बधाई

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २३ गते ९:५१

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान ट्वीटरमा बाइडन र ह्यारिसलाई मेन्सन गर्दै लेखेका छन्, ‘शानदार र ऐतिहासिक जितको लागि तपाईंहरुलाई बधाई छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउनका लागि अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गर्दछु ।’

डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकाको राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन् । उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे । बाइडनकै तर्फबाट उपराष्ट्रपति पदमा कमला ह्यारिस निर्वाचित भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?