+
+

भारतीय सैन्य कलेजको हाताभित्र गैरकानुनी रुपमा बसेको भन्दै एक नेपाली महिला गिरफ्तार

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते ९:४८
फाइल तस्वीर

२७ कात्तिक, काठमाडौं । भारतको पुनेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङको हाताभित्र गैरकानुनी रुपमा बसेको भन्दै एक नेपाली महिलालाई त्यहाँको प्रहरीले गिरफ्तार गरेको छ ।

२६ वर्षीया महिला नवलपरासीको भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनी एक आर्मी अफिसरको निवासमा बसेको भन्दै यस विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ । ती महिलाले प्रहरी अनुसन्धानको क्रममा मार्च २३ मा आफूले पर्खाल नाघेर प्रवेश गरेको बयान दिएकी छन् । तर उनी किन त्यसरी प्रवेश गरिन् भन्ने सम्बन्धमा उनले केही बताउन नचाहेको स्थानीय प्रहरीले जानकारी दिएका छन् ।

त्यस अगाडि ती आर्मी अफिसर र महिलाको बिचमा बाहिर भेट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसैले आर्मी अफिसरको संलग्नताको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । ती महिलालाई मंगलबार अदालतमा पेश गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?