+
+

३० भन्दा बढी कलाकारको अभिनय रहेको ‘त्यही सच्चा नेपाली’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २७ गते १३:४१

पृथ्वी जन्यतीको अवसर पारेर राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक गरिएको छ । गीतमा संकृतविद् सत्यमोहन जोशी, बरिष्ठ कलाकार नीर शाहदेखि नायक आकाश श्रेष्ठसम्मको अभिनय छ ।

यो गीतमा देविका बन्दना र राजन इशानको स्वर, आनन्द अधिकारीको शब्द, राजनकै संगीत छ । यो गीतको भिडियोको निर्देशन रोशनी केसीले गरेकी हुन् । रोशनीले ४ दिन लगाएर लोकतन्त्रपार्क, पाटन, पशुपति क्षेत्र लगायतका स्थानमा यो भिडियोको छायांकन गरेकी छिन् ।

‘कलाकार जुटाएर काम गर्न निकै नै गाह्रो भयो । तर, आज जताततै मन फुटेको अवस्थामा यस्ता गीतले देश सम्झेर जोडिन प्रेरित गर्छन् भन्ने लागेर काम गरेका हौं’ रोशनीले भनिन् । यो गीतको भिडियोलाई चिजकुमार श्रेष्ठले लगानी गरेका हुन् ।

भिडियोमा सस्कृतविद्ध सत्यमोहन जोशी, कलाकारहरु नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दीलिप रायमाझी, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपाशाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाल, गायिका देविका बन्दना लगायतका कलाकारको अभिनय छ ।

रामशरण उप्रेतीले छायांकन गरेको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ । भिडियोमा अर्जुन जीसीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?