
१० माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार साढे बाह्र बजे बस्ने जानकारी दिए । तयसअघि शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु बीचमा पार्टीको ९ गतेको विरोध सभाको समिक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो ।
आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4