
२९ माघ, काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)का नेता जनार्दन शर्मा (प्रभाकर)ले देशलाई मुठभेडमा लगेर आफ्नो निहीत स्वार्थपूर्ति गर्ने षडयन्त्र अनुसार नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको टिप्पणी गरेका छन् ।
राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै रामकुमारीलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले झाँक्रीको पक्राउबाट नागरिक स्वतन्त्रताको हनन् भएकोसमेत बताएका छन् । उनले सामाजिक सन्जालमार्फत् आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।
महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भन्दै जरुरी पक्राउ पूर्जी थमाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4