+
+

राष्ट्रिय खेलकुद विकास नियमावलीको प्रारम्भिक मस्यौदा बुझाइयो

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १८:४२

२ चैत, काठमाडाै‌ । राष्ट्रिय खेलकुद विकास नियमावली-२०७७ को प्रारम्भिक मस्यौदा बुझाइएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ५४ ले दिएको अधिकार बमोजिम नियमावलीकाे प्रारम्भिक मस्यौदा बुझाइएको हाे ।

युवा तथा खेलकुद मन्त्रालयको खेलकुद महाशाखा प्रमुख भक्तबहादुर ढकालको संयोजकत्वमा विज्ञ रिमबहादुर रानाभाट, खेलकुद शाखाका उपसचिव प्रेमराज खरेल, आर्थिक महाशाखाका उपसचिव रामप्रसाद बिडारी, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव शारदा राउत, राष्ट्रिय खेलकुद परिषद्को कानुन शाखाका प्रमुख नारायणराज अर्याल र सचिवको रुपमा युवा तथा खेलकुद मन्त्रालयका कानुन उपसचिव रिन्जा डंगोल रहेको समितिले राखेप सदस्य-सचिव रमेशकुमार सिलवाललाई उक्त नियमावलीको प्रारम्भिक मस्यौदा हस्तान्तरण गरेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?