Comments Add Comment

प्रभु सेलेक्ट फण्डको इकाईमा माग भन्दा बढी आवेदन

६ वैशाख, काठमाडौं । बुधबारबाट निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई दोश्रो दिन नै ‘ओभर सब्सक्राइब’ भएको छ । दोश्रो दिन १०४.८८ प्रतिशत भन्दा बढी आवेदन परेको छ ।

४० हजार ५ सय १२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ४ करोड ८८ लाख २० हजार ५ सय रकम बराबरको १० करोड ४८ लाख ८२ हजार ५० इकाई खरिदका लागि आवेदन परेको हो । प्रभु क्यापिटलले जेष्ठ ५ गतेदेखि प्रति इकाई रु. १० अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।

यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

यो फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेष्ठ ९ गते आइतबारसम्म रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment