२ असार, काठमाडौं । ज्येष्ठ शुक्ल षष्ठीका दिन मनाइने कुमार षष्ठी पर्व देवताका सेनापति कुमार कार्तिकेयको पूजा आरधना एवं व्रत गरी मनाइएको छ ।
सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रुपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उनको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो ।
पर्वको अवसरमा पाटनवासीले बुधबार कुवा, इनार, पोखरी, धारा लगायतका पानीका स्रोतको सफाइ गरी पूजाआराधना गरेर यो पर्व मनाएका छन् । विशेषगरी काठमाडौं उपत्यका लगायतका नेवार समुदायले यो पर्वको अवसरमा कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतको सफाइ गरी पूजाआराधना गरेर यो पर्व मनाउने गर्छन् ।
मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रुपमा पानीका स्रोतमा पूजा गर्नुपर्ने विषय उल्लेख गरिएको जनविश्वास रहेको छ ।
हेर्नुहोस् पाटनका स्थानीय धारा र इनार सफा गर्दै :