Comments Add Comment

संसद विघटन मुद्दामा ४ जना एमिकस क्युरी चयन

एमिकस क्युरीमा चयन भएका वरिष्ठ अधिवक्ताहरु बायाँबाट क्रमश: राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी ।

१ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासलाई सहयोग गर्न चार जना एमिकस क्युरी (अदालतको साथी) चयन भएका छन् ।

मंगलबार नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले दुई/दुई जना जना वरिष्ठ अधिवक्ता एमिकस क्युरी चयन गरेको हो ।

नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीको रुपमा चयन गरेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । वैद्य पूर्व महान्यायाधिवक्ता हुन् भने पाठक नेपाल बारको पूर्व उपाध्यक्ष हुन् ।

त्यस्तै सर्वोच्च अदालत बार एशोसिएसनले पनि मंगलबार नै दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीको रुपमा मनोनयन गरेको छ । सचिव ऋषिराम घिमिरेका अनुसार वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन भएका छन् ।

जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट २/२ जना एमिकस क्युरी माग गरेको थियो ।

कुनै गम्भीर मुद्दामा अदालतले राय आवश्यक पर्ने ठानेमा एमिकस क्युरी माग गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment