+
+
Shares

परराष्ट्र मन्त्रालयले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १६:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति अझै तय नभएको जनाएको छ।
  • मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल र भारत दुवै पक्षलाई अनुकूल समयमा भ्रमण हुने बताउनुभयो।
  • परराष्ट्र मन्त्रालयले उच्चस्तरीय भ्रमणका लागि गृहकार्य र एजेण्डा तयारी गरिरहेको जनाएको छ।

२३ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति तय नभइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस्तो जानकारी दिएका हुन् ।

उनले प्रधानमन्त्री शाहको उच्चस्तरीय भ्रमणबारे मन्त्रालयले गृहकार्य गरिरहेको पनि जानकारी दिए । नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने प्रवक्ता क्षेत्रीको भनाइ छ ।

यसअघि नै परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा दुई देशबीचका आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल हुने गरी एजेण्डा तय गरिरहेको जनाएको छ ।

‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीज्यूको भ्रमण हुने नै छ । उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयबाट भइरहेकै हुन्छ,’ प्रवक्ता क्षेत्रीले भने, ‘भ्रमणको मिति तय भइरहेको छैन । मिति तय भइसकेपछि जानकारी गराउने नै छौँ । ’

परराष्ट्र मन्त्रालयले अन्य उच्चस्तरीय भ्रमणको तयारी र एजेण्डामाथि काम गरिरहेको समेत उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?