+
+
Shares

सुरुङमा भएको उद्धार र मानवीय क्षतिको विवरण संकलन भइरहेको छ : परराष्ट्र मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १५:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र मन्त्रालयले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सुरुङभित्र र वरपर निकालिएका शवको यकिन विवरण अद्यावधिक गरिरहेको जनाएको छ ।
  • मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उद्धारमा प्रयोग हुने उपकरणको आवश्यकताबारे साझेदार निकायसँग थप सहयोग मागिएको बताए ।
  • क्षेत्रीले हाल सरकारको मुख्य प्राथमिकता खोज तथा उद्धार रहेको र पुनर्निर्माणबारे पछि विस्तृत अध्ययन अघि बढाइने बताए ।

१८ भदौ, काठमाडौं । परराष्ट्र मन्त्रालयले बाढी तथा पहिरो प्रभावित क्षेत्रका सुरुङहरूमा भएको उद्धार र मानवीय क्षतिको यकिन विवरण संकलन भइरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उद्धार कार्य र आगामी कार्ययोजनाबारे जानकारी दिएका हुन् ।

उद्धार कार्यमा प्रयोग भइरहेका मेसिनरी तथा उपकरणहरूको अभाव र गुणस्तरबारे सोधिएको प्रश्नमा प्रवक्ता क्षेत्रीले उपकरणको आवश्यकता महशुस गरी थप सहयोगका लागि साझेदार निकायहरूसँग अनुरोध गरिएको जानकारी दिए ।

‘सुरुङ र त्यसको वरपरको क्षेत्रबाट शवहरू निकालिएको रिपोर्ट प्राप्त भएपनि ती सुरुङभित्रका हुन् वा बाहिरका हुन् भन्नेबारे मन्त्रालयले विवरण अद्यावधिक गरिरहेको छ । सम्बन्धित निकायबाट आधिकारिक जानकारी प्राप्त हुनासाथ यसबारे थप प्रष्ट पारिनेछ,’ उनले भने ।

यद्यपि, प्रयोगमा रहेका उपकरणहरू बिग्रिएको वा काम नलाग्ने अवस्थामा रहेको भन्नेबारे मन्त्रालयलाई कुनै औपचारिक जानकारी प्राप्त नभएको उनले बताए ।

‘कुन क्षेत्र बसोबास योग्य छ र कुन छैन भन्ने विषयमा सम्बन्धित निकायहरूले अध्ययन गरिरहेका छन् । खोज र उद्धारको कार्य सकिएपछि मात्र रेजिलेन्ट रिकन्स्ट्रक्सन (उत्थानशील पुनर्निर्माण) को योजनाअनुसार विस्तृत अध्ययन अघि बढाइनेछ,’ उनले भने ।

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण र भविष्यमा बसोवासको सम्भाव्यताबारे बोल्दै प्रवक्ता क्षेत्रीले हाल सरकारको मुख्य प्राथमिकता खोज तथा उद्धारमा रहेको पनि उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?