+
+
Shares

हिमपहिरोमा बेपत्ताको खोजीमा पाकिस्तानसँग समन्वय भइरहेको छ : परराष्ट्र मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानस्थित ब्रड पिकमा हिमपहिरोमा परी ६ जना नेपाली हराइरहेको घटनामा परराष्ट्र मन्त्रालयले पाकिस्तान सरकारसँग समन्वय गरिरहेको छ।
  • इस्लामाबादस्थित नेपाली दूतावासले आरोहीहरूको शीघ्र र सुरक्षित उद्धारका लागि सम्बन्धित निकायसँग आवश्यक पहल गरिरहेको मन्त्रालयले जनाएको छ।
  • पाकिस्तान सरकारले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन उपलब्ध सबै स्रोत–साधन परिचालन गर्ने प्रतिबद्धता दूतावाससमक्ष व्यक्त गरेको छ।

१५ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित ब्रड पिकमा हिमपहिरोमा ६ जना नेपाली गएको घटनामा पाकिस्तान सरकारसँग समन्वय भइरहेको जनाएको छ ।

मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै इस्लामाबादस्थित नेपाली दूतावासले पाकिस्तान सरकारका सम्बन्धित निकाय तथा अल्पाइन क्लब अफ पाकिस्तानसँग समन्वय गर्दै प्रभावित सबै आरोहीको शीघ्र र सुरक्षित उद्धारका लागि पहल गरिरहेको उल्लेख गरेको छ ।

पाकिस्तानका अधिकारीहरूले खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दूतावासलाई गराएका छन्।

पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ नेतृत्वको ब्रड पिक आरोहण टोलीमा नेपालका पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, नीमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। टोलीमा ओमानकी नधिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ तथा अमेरिकाकी म्यालोरी गाइस पनि सहभागी छन्।

परराष्ट्र मन्त्रालयले पाकिस्तान सरकारबाट खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन उपलब्ध सबै स्रोत–साधन परिचालन गर्ने प्रतिबद्धता प्राप्त भएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?