+
+
Shares

निर्मल पुर्जाको ट्रयाकर मुभमेन्ट बिहान सवा ६ बजेसम्म एक्टिभ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानको ब्रो पिक हिमालमा हिमपहिरोमा परी चर्चित आरोही निर्मल पूर्जासहित १० जना बेपत्ता भएका छन् ।
  • आरोही मिङ्मा डेभिड शेर्पाले बिहान सवा छ बजेसम्म पूर्जाको ट्रयाकर एक्टिभ रहेको जानकारी सार्वजनिक गर्नुभएको छ ।
  • बेपत्ता आरोहीहरूको खोज तथा उद्धारका लागि प्रयास जारी रहे पनि हालसम्म कुनै आधिकारिक सूचना प्राप्त भएको छैन ।

१५ साउन, काठमाडौं । पाकिस्तानस्थित ब्रोड पिक (८०४७)मा बेपत्ता चर्चित आरोही निर्मल पूर्जासहितका आरोहीको खोज र उद्धारको काम जारी छ । यद्दपी आधिकारिक सूचनाहरू भने प्राप्त भइसकेका छैनन् ।

आरोही तथा सांसद मिङ्मा डेभिड शेर्पाका अनुसार पुर्जाको ट्रयाकर मुभमेन्ट बिहान सवा ६ बजेसम्म एक्टिभ रहेको देखिएको छ । उनले सो मुभमेन्टको तस्वीर समेत सार्वजनिक गरेका छन् ।

६ नेपालीसहित १० आरोही सो हिमालको हिमपहिरोमा परी वेपत्ता छन् । मुभमेन्टका आधारमा आरोहीहरू उद्धारको पर्खाइमा रहेको संकेत गर्ने समेत उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?