News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी विश्वविख्यात पर्वतारोही निर्मल पुर्जासहित ६ जना नेपाली आरोही बेपत्ता भएका छन्।
- पर्यटन विभागले बेपत्ता पर्वतारोहीहरूको शीघ्र खोजी तथा उद्धारका लागि पाकिस्तानस्थित नेपाली दूतावासमार्फत त्यहाँको सरकारसँग समन्वय गरिरहेको जनाएको छ।
- घटनामा निर्मल पुर्जा, पुर बहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा सम्पर्कविहीन भएका छन्।
१५ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले विश्वविख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)सहित ६ जना नेपाली पर्वतारोही पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ब्रोड पीक आरोहणका क्रममा आएको हिमपहिरोमा बेपत्ता भएको जनाएको छ।
विभागले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन १४ गते ब्रोड पीक आरोहणका क्रममा आएको हिमपहिरोमा नेपालीसहित विभिन्न देशका पर्वतारोही सम्पर्कविहीन भएका हुन्।
पर्यटन विभागले बेपत्ता पर्वतारोहीहरूको शीघ्र खोज तथा उद्धारका लागि सम्बन्धित सबै सरोकारवालालाई आवश्यक पहल र समन्वय गर्न आग्रह गरेको छ । साथै, पाकिस्तानस्थित नेपाली दूतावासमार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको पनि विभागले जनाएको छ।
विभागका अनुसार बेपत्ता भएका नेपाली पर्वतारोहीहरूमा निर्मल पुर्जा (निम्स दाइ) पुर बहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’,निमा शेर्पा,नवाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा छन् ।
पर्यटन विभागले बेपत्ता पर्वतारोहीहरूको सुरक्षित उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।
प्रतिक्रिया 4