+
+
Shares

धनुषामा दिउँसो २ बजे सर्वपक्षीय छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषामा सामाजिक सद्भाव कायम गर्न आज दिउँसो २ बजे प्रतिनिधि सभा सदस्यसहितको सर्वदलीय र सर्वपक्षीय बैठक बस्दै छ ।
  • प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बैठकबाट अवस्था सहज बनाउन र सद्भाव र्‍याली निकाल्ने विषयमा छलफल हुनेछ ।
  • सुनसरी घटनापछि जनकपुरधाम उपमहानगरपालिकासहित केही क्षेत्रमा बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

१४ साउन, जनकपुरधाम । सामाजिक सद्भाव कायम गर्न र अवस्था सहज बनाउन धनुषामा आज २ बजेको प्रतिनिधि सभा सदस्य सहितको सर्वदलीय सर्वपक्षीय बैठक बस्न लागेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बैठकमा छलफलबाट अवस्था सहज पार्ने छलफल हुनेछ ।

छलफल सहज अनुकूल भए आजै सद्भाव रली निकाल्ने तयारी रहेको बताए ।

सुनसरी घटनालाई लिएर अवस्था असहज बनेपछि बिहीबार दिउँसो साढे ३ बजेदेखि नै जनकपुरधाम उपमहानगरपालिका भित्र र नराइन  तथा लक्ष्मीनिया गाउँपालिकाको केही भागमा अनिश्चित कालको लागि आदेश जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?