+
+
Shares

वैदेशिक रोजगारी : धनुषाबाट सबैभन्दा धेरै, मनाङ कम

गत आव धनुषाबाट वैदेशिक रोजगारीमा ३८ हजार ५ सय ५३ र मनाङबाट २ सय १७  जना गएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत आर्थिक वर्ष २०८२/८३ मा धनुषा जिल्लाबाट सर्वाधिक ३८ हजार ५ सय ५३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
  • वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार मनाङबाट सबैभन्दा कम २ सय १७ जनाले मात्र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
  • गत आवमा कुल ७ लाख ९२ हजार १ सय ८७ जनाले श्रम स्वीकृति लिएकोमा तराईका जिल्लाबाट जानेको संख्या हिमाली जिल्लाको तुलनामा उच्च देखिएको छ ।

३ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा धनुषाबाट सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ७७  जिल्लामध्ये धनुषाबाट सबैभन्दा धेरै श्रमिक वैदेशिक रोजगारीमा गएका हुन् । श्रम स्वीकृति लिएर सबैभन्दा कम मनाङबाट गएका छन् ।

विभागका अनुसार धनुषाबाट वैदेशिक रोजगारीमा जान गत आव ३८ हजार ५ सय ५३ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै झापाबाट कुल ३५ हजार १ सय २४ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

यसैगरी मोरङबाट ३१ हजार १ सय २४, सिरहा ३० हजार २ सय ११, महोत्तरी २८ हजार २ सय २९, रुपन्देही २५ हजार ३ सय ९१, सुनसरी २४ हजार ३ सय ६५, सर्लाही २३ हजार २ सय, सप्तरी २० हजार ५ सय ५९ र चितवनबाट १९ हजार ८ सय ३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

सबैभन्दा कम श्रम स्वीकृति मनाङबाट भएको छ । गत आव मनाङबाट जम्मा २ सय १७ जनाले मात्रै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

त्यसपछि मुस्ताङ २ सय ४४, डोल्पा ६ सय १४, हुम्ला ६ सय ४३, डोटी १ हजार १ सय ६५, कालीकोट १ हजार २४, जुम्ला १ हजार ३ सय ९४, रसुवा १ हजार ७ सय ७१, रुकुम पश्चिम २ हजार १ सय ६६, डडेल्धुरा २ हजार ३ सय १९ र दार्चुलाबाट २ हजार ३ सय ५३ जनाले श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार गत आर्थिक वर्षभर वैदेशिक रोजगारीका लागि कुल ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन् । पुन: श्रम स्वीकृति हटाउँदा नयाँ श्रम स्वीकृति लिनेको संख्या ४ लाख ६ हजार ४०४ रहेको विभागको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार तराईका जिल्लाहरूबाट वैदेशिक रोजगारीमा जानेको संख्या उच्च देखाएको छ भने हिमाली तथा कम जनसंख्या भएका जिल्लाबाट भने श्रम स्वीकृति लिनेको संख्या न्यून छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?