+
+
Shares

पत्रकार ओझालाई अन्तर्राष्ट्रिय अवार्ड

एसियाली विकास बैंकसँग सम्बद्ध एडीबीआई इन्स्टिच्युटले पत्रकार ओझालाई २ हजार अमेरिकी डलर बराबरको अवार्ड दिने घोषणा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एएफपीमा कार्यरत नेपाली पत्रकार अनुप ओझालाई एसियाली विकास बैंक इन्स्टिच्युट डेभलपिङ एसिया जर्नालिजम अवार्ड प्रदान गरिने भएको छ ।
  • कृत्रिम बुद्धिमत्तामार्फत विपद्को पूर्व सूचनाबारे समाचार लेखेबापत ओझालाई २ हजार अमेरिकी डलर बराबरको उक्त पुरस्कार दिइने घोषणा गरिएको छ ।
  • एसियाली विकास बैंक इन्स्टिच्युटले १७ देशका ७९ जनामध्ये छनोट गरी पाँच जना पत्रकारलाई सो अवार्ड प्रदान गर्ने निर्णय गरेको हो ।

१५ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीमा कार्यरत नेपाली पत्रकार अनुप ओझालाई एसियाली विकास बैंक इन्स्टिच्युट डेभलपिङ एसिया जर्नालिजम अवार्ड दिइने भएको छ ।

एसियाली विकास बैंकसँग सम्बद्ध एडीबीआई इन्स्टिच्युटले पत्रकार ओझालाई २ हजार अमेरिकी डलर बराबरको अवार्ड दिने घोषणा गरेको छ ।

एआईका माध्यमबाट विपद्को पूर्व चेतावनी सूचना सम्बन्धमा एएफपीका लागि ओझाले लेखेको समाचारका लागि यो अवार्ड दिइन लागेको विज्ञप्तिमा छ ।

१७ देशका ७९ जनामध्येबाट पाँच जनालाई यस्तो अवार्ड प्रदान गरिन लागिएको एसियाली विकास बैंक इन्स्टिच्युटले जनाएको छ । अनुसन्धाता र पत्रकार सहभागी निर्णायक मण्डलले अवार्डको मूल्यांकन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?