+
+
Shares

कप्तानगञ्ज घटनालाई लिएर कल्याणपुरमा सद्‌भाव र्‍याली

शुक्रबार  कल्याणपुर बजारमा ‘सामाजिक सद्भाव कायम गरौं, आपसी भाइचारा सम्बन्ध स्थापित गरौं र एकअर्कालाई सम्मान गरौं’ भन्ने नारासहित स्थानीय स्तरमा क्रियाशील राजनीतिका दल, हिन्दु र मुस्लिम दुवै समुदायको सामूहिक सद्भाव र्‍याली सम्पन्न भएको हो ।

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ साउन १५ गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्ज घटनापछि सप्तरीको खडक नगरपालिकामा सामाजिक सद्भाव कायम राख्न स्थानीयले सामूहिक सद्भाव र्‍याली निकालेका छन् ।
  • सांसद शिताराम शाहले विवाद र द्वन्द्वले निकास नदिने भएकाले सद्भाव कायम राख्न आफू र्‍यालीमा सहभागी भएको बताए ।
  • सप्तरीको राजविराज र बोदेबरसाईन नगरपालिकामा उत्पन्न तनावका कारण अनिश्चितकालका लागि कर्फ्यू जारी गरिएको छ ।

१५ साउन, सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको विषयलाई लिएर सप्तरीको खडक नगरपालिका –७ कल्याणपुर बजारमा सद्भाव र्‍याली निकालिएको छ । धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले सो र्‍याली आयोजना गरिएको हो ।

शुक्रबार  कल्याणपुर बजारमा ‘सामाजिक सद्भाव कायम गरौं, आपसी भाइचारा सम्बन्ध स्थापित गरौं र एकअर्कालाई सम्मान गरौं’ भन्ने नारासहित स्थानीय स्तरमा क्रियाशील राजनीतिका दल, हिन्दु र मुस्लिम दुवै समुदायको सामूहिक सद्भाव र्‍याली सम्पन्न भएको हो ।

संयुक्त रूपमा निकालिएको उक्त र्‍यालीमा सुनसरी क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य शिताराम शाहको  समेत सहभागिता थियो ।

विवाद र द्वन्द्वले निकास नदिने भएकाले सद्भाव कायम राख्ने सन्देश प्रवाह गर्न र्‍यालीमा सहभागी भएको सांसद शाहले बताए ।

देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिमा सद्भाव कायम राख्न सबै पक्ष मिलेर र्‍याली आयोजना गरिएको कार्यक्रममा खडक नगरपालिकाको निवर्तमान नगरप्रमुख हेमायु हक, वडा नम्बर–७ का वडा अध्यक्ष राकेश साह,वडा नम्बर ६ का वडा अध्यक्ष मोहम्मद  कलामुद्विन  लगायतको सरोकारवालाको सहभागिता रहेको थियो ।

यस्तै जिल्लाको राजबिराज र बोदेबरसाईन नगरपालिका अनिश्चित कालका लागि कर्फ्यू जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?