१४ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका- ३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई पालिकाले जनही १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले गोली लागि निधन भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारमा समवेदना व्यक्त गर्दै १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो । आइतबार राति भएको घटनामा ओमप्रकाशको सोही दिन र जयप्रकाशको बिहीबार मृत्यु भएको थियो ।
पालिका बैठकले घटनामा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्न पालिकाले माग गरेको छ । दुर्घटनमा घाइते भएका व्यक्तिलाई दुई लाख तथा मध्यम र सामान्य घाइते भएका व्यक्तिलाई ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
पालिकाले देवानगञ्ज गाउँपालिका वडा नं ३ को कार्यवाहक अध्यक्षको जिम्मेवारी ज्येष्ठ सदस्य रामबहादुर महतोलाई दिने निर्णय गरेको छ ।
प्रतिक्रिया 4