+
+
Shares

कप्तानगञ्ज घटनाकाे विराेधमा विराटनगरमा पनि प्रदर्शन

आइतबार कप्तानगञ्जमा दुई समूहबीच विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गाेली लागेर एक जनाकाे मृत्यु भएकाे थियाे भने ९ जना घाइते भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ ।
  • प्रदर्शनकारीले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विराटनगरका बजार तथा पसलहरू बन्द गराएका छन् ।
  • आइतबार दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा भएको झडपमा एक जनाको मृत्यु र नौ जना घाइते भएका थिए ।

११ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएकाे घटनाकाे विराेधमा विराटनगरमा पनि प्रदर्शन भएकाे छ ।

आइतबार कप्तानगञ्जमा दुई समूहबीच विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गाेली लागेर एक जनाकाे मृत्यु भएकाे थियाे भने ९ जना घाइते भएका थिए ।

घटनाकाे विराेधमा साेमबार अपराह्न ५ बजे विराटनगरमा प्रदर्शन भएको हो ।

प्रदर्शनकारीले घटनामा संलग्नलाई कारबाहीकाे माग गर्दै नाराबाजी गरिररहेका छन् । प्रदर्शनकारीले बजार पसल पनि बन्द गराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?