News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता अरुण क्षेत्री अभिनित फिल्म 'गौंथली' ले प्रदर्शनको १० दिनमा ७ करोड ४२ लाख रुपैयाँ ग्रस कमाएर बक्सअफिसमा बलियो उपस्थिति जनाएको छ ।
- फिल्ममा अटिजम भएको 'ठूले' पात्र निर्वाह गरेका क्षेत्रीको अभिनयको सर्वत्र प्रशंसा भइरहेको छ र उनको करिअरमा यसले ठूलो फड्को मारेको छ ।
- दर्शकको अथाहा माया पाएका अभिनेता क्षेत्रीले 'गौंथली' पछिको सफलतासँगै आफूमाथि ठूलो जिम्मेवारी थपिएको र नयाँ कथा पढिरहेको बताएका छन् ।
काठमाडौं । अघिल्लो फिल्म ‘महापुरुष’बाट नै लुक्स र अभिनयका कारण चर्चामा आएका अभिनेता हुन् अरुण क्षेत्री । काम हेरेपछि धेरैले उनलाई सम्भावना बोकेका कलाकारको रुपमा हेरेका थिए ।
करिअरको यो विन्दुमा तिनै अरुणले आफूलाई स्थापित गरिदिएका छन् । त्यो पनि एकल लिड भूमिकामा । उनको पहिलो सोलो लिड रोल रहेको फिल्म ‘गौंथली’ले घरेलु बक्सअफिसमा आँधी नै ल्याएको छ ।
सोसल मिडियादेखि फिल्म वृत्तमा उनको नायकत्वको चर्चा भैरहेको छ । स्टारडभन्दा पनि विशुद्ध कलाकारितामा रुचि राख्ने कलाकार र फिल्म ब्यापारको अफसिजनमा जसरी ‘गौंथली’ले सिनेमा घरमा दर्शकको बाढी ल्याएको छ, त्यसले अरुण करिअरमा ठूलै अर्थ राख्ने निश्चित छ ।
चलचित्र विकास बोर्डका अनुसार प्रदर्शनको १० दिनमा फिल्मले ७ करोड ४२ लाख रुपैयाँ ग्रस कमाएको छ । कमाइको यो गति तत्कालै रोकिने छाँटकाँट छैन । यो गति कायम रहे, निकट भविष्यमै फिल्म १० करोड क्लबमा प्रवेश गर्ने प्रक्षेपण छ ।

फिल्ममा अरुणले ‘ठूले’ पात्रको भूमिका निर्वाह गरेका छन् । फिल्ममा अटिजम भएको एक पुरुषको भूमिकामा अरुण शक्तिशाली देखिएका छन् । फिल्मको व्यापारमा उनको त्यो सशक्त भूमिकाले निकै ठूलो काम गरेको छ ।
यसैले, आजका दिनमा अरुणको स्टारडम र अभिनय दुवैको तारिफ भइरहेको छ । दाङका अरुणलाई अहिले आधा दर्जन फिल्मको अफर आइसकेको छ । उनले मिडियासँगको भेटमा भने– ‘गौथलीपछि लगातार फिल्मको अफर आइरहेको छ । कथा पढिरहेको छ । दर्शकको यो अथाहा मायाले आफूमा अझै ठूलो जिम्मेवारी थपिएको महसुस भएको छ ।’
अरुणलाई लिएर फिल्म बनाउनका लागि मेकर समेत लालयित देखिएका छन् । दर्शकबाट आशा बढेकाले आगामी दिनमा अझै गम्भीर हुने बताउँछन् ।
फिल्म ‘गौथली’ हेर्ने दर्शकले ‘ठूले’ पात्रले गरेको अभिनय, उसको प्रेमलाई मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । यो अरुणको ठूलो सफलता हो । नेपाली फिल्म क्षेत्रमा उत्कृष्ट अभिनय गर्ने अभिनेताको अभाव छ । यस्तो समयमा, ‘गौंथली’को बक्सअफिस पर्फमेन्सलाई अरुणको स्टारडम निर्माणमा मद्दत पुगेको छ ।
प्रतिक्रिया 4