News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘गौंथली’ले प्रदर्शनको नवौं दिनसम्म ७ करोड ३ लाख रुपैयाँको ग्रस कलेक्सन गर्दै घरेलु बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ।
- अहिलेसम्म दुई लाख ४८ हजार ७२१ दर्शकले फिल्म हेरेका छन् भने १० करोड रुपैयाँ कमाउने लक्ष्य नजिक पुगेको छ।
- काठमाडौं उपत्यकाबाहिरका हल सञ्चालकहरूले आइतबारको सार्वजनिक बिदामा पनि फिल्मको अकुपेन्सी दर राम्रो रहेको जानकारी दिएका छन्।
काठमाडौं । फिल्म ‘गौंथली’ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको देखिएको छ । प्रदर्शनको नवौं दिन शनिबारसम्मको कूल ग्रस कलेक्सन ७ करोड ३ लाख रुपैयाँ छ ।
सोही अवधिसम्म फिल्मलाई २ लाख ४८ हजार ७२१ जनाले हेरेका छन् ।
चलचित्र विकास बोर्डले भने हरेक सोमबार (विदेशी फिल्म बाहेकको) नियमित कमाइ सार्वजनिक गर्दै आइरहेको छ ।
आइतबार सार्वजनिक बिदाको दिनमा पनि विशेषगरि काठमाडौं उपत्यकाबाहिरका हलमा फिल्मको अकुपेन्सी राम्रो रहेको कतिपय हल संचालकले जनाएका छन् ।
प्रदर्शनको यही गति कायम रहे, कपिल रिजाल निर्देशित फिल्मको लागि १० करोड रुपैयाँ ग्रसको लक्ष्य पूरा गर्न त्यति मुस्किल छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4