News Summary
Generated by OK AI. Editorially reviewed.- राजधानीमा प्रिमियर गरिएको फिल्म ‘गौंथली’ले २०६० सालअघिको नेपाली ग्रामीण समाजमा महिलाले भोग्नुपरेका बाध्यताको कथालाई मर्मस्पर्शी ढंगले चित्रण गरेको छ ।
- फिल्ममा अभिनेता अरुण क्षेत्रीले निर्वाह गरेको अटिजम रोग भएको व्यक्तिको भूमिका र कलाकारको अभिनयको प्रिमियरमा सहभागी दर्शक तथा कलाकारले प्रशंसा गरेका छन् ।
- निर्देशक कपिल रिजाल र सुमन गिरीद्वारा निर्मित यो फिल्म आगामी १ साउनदेखि देशभरका हलमा प्रदर्शन हुने तयारीमा रहेको छ ।
काठमाडौं । फिल्म ‘गौंथली’लाई प्रिमियर गरिएको छ । सोमबार बेलुका राजधानीको एक हलमा फिल्मको पहिलो प्रदर्शन गरियो ।
प्रिमियरमा फिल्म हेरेका दर्शकले कथावस्तुको प्रशंसा गरेको निर्माता सुमन गिरीले बताए । उनका अनुसार, यो फिल्मले २०६० सालअघिको नेपाली ग्रामीण समाजमा महिलाले भोग्नुपर्ने बाध्यताको कथा भनिएको छ ।
कथासँगै अभिनयको पनि प्रशंसा भएको बताइएको छ । कलाकार अरुण क्षेत्री र सिम्रन खड्काको अभिनयको तारिफ भएको जनाइएको छ । फिल्ममा अभिनेता क्षेत्रीले अटिजम रोग भएको व्यक्तिको भूमिका निर्वाह गरेका छन् ।
प्रिमियरमा कृष्ण मल्ल, रवि डंगोल, जितु नेपाल लगायतका कलाकार सहभागी थिए । उनीहरूले तत्कालिन नेपाली समाजको कथालाई फिल्मले मर्मस्पर्शी ढंगले चित्रण गरेको बताएका छन् ।
निर्देशक समेत रहेका कपिल रिजालले सुमनसँग मिलेर यो फिल्ममा लगानी गरेका हुन् । यो फिल्म १ साउनदेखि प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया 4