+
+
Shares

‘गौँथली’ का दुई पोस्टरले कथावस्तुबारे के संकेत गर्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कथानक फिल्म 'गौँथली'को पोस्टर सार्वजनिक गरिएको छ र साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
  • पोस्टरले पहाडी क्षेत्रको गरिब परिवारमा विवाहपछि पढाइ र घरको काम गर्दै गरेको युवतीको संघर्ष देखाएको छ।
  • फिल्म डा. कपिल रिजालले निर्देशन गरेका हुन् र मदनकृष्ण श्रेष्ठ, सिम्रन खड्का लगायत कलाकारको अभिनय छ।

काठमाडौं । कथानक फिल्म ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले शुक्रबार फिल्मका दुई पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य पात्रहरूको चित्रण गरिएको छ ।

पोस्टरले फिल्म ग्रामीण समाजको कथामा आधारित रहेको संकेत गर्छ । पहिलो पोस्टरमा कलाकारद्वय अरुण क्षेत्री र सिम्रन खड्का दुलाहा–दुलहीको भेषमा देखिएका छन् ।

अर्को पोस्टरमा सिम्रन एक्लै देखिएकी छन् । उनी डोकोमा स्याउला बोकेर हिँडिरहेको अवस्थामा प्रस्तुत गरिएको छ । पोस्टरले विवाहपछि पनि घरको काम गर्दै पढाइलाई निरन्तरता दिइरहेकी एक युवतीको संघर्षलाई चित्रण गरेको देखिन्छ । यसबाट फिल्म पहाडी क्षेत्रमा बसोबास गर्ने गरिब परिवारको कथामा आधारित रहेको अनुमान गर्न सकिन्छ ।

‘गौँथली’ साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । डा. कपिल रिजाल निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ ।

बालकलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् । डा. भोला रिजालको कथामा बनेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको कार्यकारी निर्मातामा सरला रिजाल रहेकी छन् । निर्माता सुमन गिरी र भोला रिजाल हुन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहेका छन् ।

‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि पनि फिल्म निर्माण गरेका थिए । सोही नाममा यसपटक उनका छोरा कपिल रिजालले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?