+
+
Shares

‘गौँथली’ को गीत सार्वजनिक गर्न बेहुला-बेहुली बनेर पुगे कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १२:१९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी १ साउनदेखि प्रदर्शन हुने फिल्म ‘गौँथली’ मा समावेश ‘आँखा भरी आँसु’ बोलको गीत सार्वजनिक गरिएको छ ।
  • फिल्मको थिम अनुसार आयोजित पत्रकार सम्मेलनमा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्का बेहुला–बेहुलीको पहिरनमा उपस्थित भएका थिए ।
  • कपिल रिजालद्वारा निर्देशित यस फिल्मको कथा डा. भोला रिजालले लेख्नुभएको हो ।

काठमाडौं । फिल्म ‘गौँथली’को गीत सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माताले गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरेको हो ।

गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा कलाकार वरवधुको पहिरनमा पुगेका थिए । पञ्चेबाजा घन्काउँदै फिल्मको टोली पुग्दा अतिथि भने जन्तीको भेषमा त्यहाँ पुगे । धेरैलाई लाग्यो– यो पत्रकार सम्मेलन नभएर, कुनै विवाहको मण्डप हो ।

फिल्मको थिमअनुसार नै निर्माताले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । छोरीलाई विवाहभन्दा शिक्षा जरुरी रहेको सन्देश दिने यो फिल्मको प्रेसमिटमा अभिनेता अरुण क्षेत्री बेहुला र सिम्रन खड्का बेहुलीको भूमिकामा पुगेका थिए ।

सार्वजनिक गीतमा थानेश्वर गौतमको संगीत निर्देशन छ । गायनमा उनलाई शान्तिश्री परियारले साथ दिएकी छन् । शब्दरचना भोला रिजालको छ ।

गीतले माइतीघर छोडेर पराइ घर जानु पर्दाको दुखद् क्षण समेटेको छ । आफू जन्मे हुर्केको घर, गाउँ, आमा, बुवा तथा आफन्तलाई चटक्क छोडेर विवाह गरेर अर्कैको घर जाँदाको वियोग गीतमा उल्लेख छ ।

कपिल रिजालले निर्देशन गरेको फिल्म ‘गौँथली’ साउन १ गतेबाट रिलिज हुँदै छ । भोला रिजालको कथा रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले गरेका छन् ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र कपिल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?