News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमले आफ्नो अन्तर्राष्ट्रिय गन्तव्यको टिकट अब फोनमार्फत नै खरिद वा बुकिङ गर्न सकिने सुविधा थप गरेको छ।
- सेवाग्राहीले कार्यालय समयमा ९७७–५७१८५३८ नम्बरमा फोन गरी आफूलाई आवश्यक टिकटको बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ।
- फोनमार्फत विवरण दिएपछि मोबाइलमा क्यूआर कोड प्राप्त हुने र सोही आधारमा घरमै बसी टिकट काट्न सकिने निगमले जनाएको छ।
११ साउन, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)का अन्तर्राष्ट्रिय गन्तब्यका टिकट अब फोन गरेर समेत काट्न सकिने भएको छ ।
निगमले कार्यालयको फोन नम्बर ९७७–५७१८५३८ मा कार्यालय समयमा फोन गरी टिकट खरीद वा बुकिङ गर्न सकिने जानकारी दिएको हो ।
निगमका अनुसार अहिले कार्यालयको बिक्री कक्ष, निगमको वेबसाइट, निगमको मोबाइल एपबाट टिकट काट्न सकिने सुविधा रहेको छ । यसमा निगमले अब फोन नम्बरबाट समेत टिकट काट्न सकिने सुविधा थप गरिएको जनाएको छ।
फोनमार्फत आफूले यात्रा गर्न चाहेको गन्तब्यबारे सोधपुछ र बुकिङका लागि आवश्यक विवरण, इमेल, मोबाइल नम्बर र कागजात दिन सकिने भएको छ ।
टिकट मूल्यको क्यूआर मोबाइलमा प्राप्त भइसकेपछि घरमै बसी टिकट काट्न सकिने निगमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4