+
+
Shares

नेपालीको उद्धार गर्न आजदेखि पश्चिम एसियामा विशेष उडान

पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली, स्वदेश फर्किन तथा गन्तव्य मुलुक जान नपाएकालाई गन्तव्यमा पुर्‍याउनका लागि विशेष उडान सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते ६:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सरकारले पश्चिम एसियामा द्वन्द्वका कारण समस्यामा परेका नेपालीको उद्धारका लागि ३, ४ र ५ अप्रिलमा विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको छ।
  • नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई, दुबई–काठमाडौं, काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान भर्नेछ ।
  • यसका लागि परराष्ट्रमन्त्री शिशिर खनालले निर्देशन दिएका थिए ।

२० चैत, काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सन्चालन गर्दैछ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज ३ अप्रिलमा काठमाडौं–दुबई, ४ अप्रिलमा दुबई–काठमाडौं, ५ अप्रिलमा काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान भर्न लागेको हो ।

ती क्षेत्रमा रहेका नेपाली, स्वदेश फर्किन तथा गन्तव्य मुलुक जान नपाएकालाई गन्तव्यमा पुर्‍याउनका लागि विशेष उडान सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ ।

चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमका उच्चपदस्थ अधिकारीबीच बैठक बसेको थियो । उक्त बैठकमा पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।

परराष्ट्रमन्त्री शिशिर खनालको निर्देशनपछि नेपाल वायुसेवा निगमले तीन दिनसम्म विशेष उडान सञ्चालन गर्न लागेको हो ।

पश्चिम एसियामा विद्यमान तनाव तथा असुरक्षा अवस्थाका कारण ती क्षेत्रहरूमा नियमित उडानहरू २८ फेब्रुअरीदेखि स्थगित रहेको छ ।

उडान तालिका

उडानका दौरान आवश्यक बीमा व्यवस्था सहज बनाउन राष्ट्रिय बीमा कम्पनीले सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पश्चिम एसियामा विद्यमान तनावको अवस्थामा समेत विशेष उडान सञ्चालन गर्न योगदान र समन्वय गर्ने अन्य सरोकारवाला निकायलाई परराष्ट्र मन्त्रालयले धन्यवाद दिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?