+
+
Shares

‘सरकार ! कोठा खाली छ ?’ भन्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ साउन ११ गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माइतीघर मण्डलामा जातीय विभेद अन्त्यको माग गर्दै दीपा नेपालीको सत्याग्रह एक सय दिन पुगेको छ।
  • दीपाको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सयौं समर्थकहरूले विभेदविरुद्ध प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।
  • प्रदर्शनकारीहरूले सरकारलाई जातीय भेदभाव र छुवाछुतमुक्त समाज निर्माणका लागि तत्काल कदम चाल्न दबाब दिएका छन्।

११ साउन, काठमाडौं । ‘मान्छेले मान्छेमाथि गर्ने  जातीय विभेद अन्त्य गर’ भन्दै माइतीघर मण्डलमा प्रदर्शन भएको छ ।

जात चिन्ने तर मानव नचिन्ने तिम्रो चेतना कुन जमानामा छ?, सरकार ! कोठा खाली छ?, तिमी मान्छे बन्ने कहिले? लगायत लेखिएको प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

जातीय भेदभाव र छुवाछुतमुक्त समाज, समानता र न्यायका लागि भन्दै दिपा नेपाली माइतीघर मण्डलामा अनशन बसेको आज एक सय दिन पुगेको छ । दीपाले ‘सरकार ! कोठा खाली छ?’ भन्दै माइतीघरमा सत्याग्रह सुरु गरेको १०० दिनमा उनका समर्थकहरूले हौसला स्वरूप प्रदर्शनमा सहभागी हुन माइतीघर मण्डला पुगेका हुन् ।

जातीय भेदभाव र छुवाछुतमुक्त समाज निर्माणमा सबैले दबाब सिर्जना गर्नुपर्ने सन्देश प्रवाहका लागि एक व्यक्तिले योगा समेत प्रदर्शन गरेका छन् ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?