२ साउन, काठमाडौं । जातीय विभेद सधैँका लागि अन्त्य हुनुपर्ने माग राख्दै जातीय छुवाछुत विरुद्धको अभियानले काठमाडौंमा प्रदर्शन गरेको छ ।
मान्छेले मान्छेमाथि गर्ने जातीय विभेद सधैका लागि अन्य गर्न सवै गम्भीर हुनुपर्ने भन्दै अभियानले शनिबार काठमाडौंमा प्रदर्शन गरेको हो ।
अभियानले घर बहाल लगाउने घरबेटीले समेत जातीयताको आधारमा भेदभाव गरेको गुनासो गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले दलित समुदायले हिजोका दिनमा ऐतिहासिक रूपमा राजनीतिक आन्दोलन गरेकै मुलुकमा नयाँ व्यवस्था बनेपनि अहिले दलित समुदायका मुद्दालाई बेवास्ता गर्ने काम भएको गुनासो गरेका थिए ।
प्रदर्शनकारीले जेनजी आन्दोलनको आडमा बनेको सरकार र सत्तापक्षका दलित समुदायबाटै प्रतिनिधित्व गर्ने सांसदहरू पनि दलितका मुद्दामा बोल्न नसकेको भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया 4