News Summary
Generated by OK AI. Editorially reviewed.- चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले महोत्तरीको कालापानी घटनाका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
- प्रदर्शनकारीहरूले महोत्तरी डिभिजन वनका सात कर्मचारीलाई बन्धक बनाएर गाडीमा आगजनी गर्ने समूहलाई तत्काल पक्राउ गर्न सरकारसँग माग गरेका छन् ।
- पीडित कर्मचारीहरूको न्याय र घटना दबाउनेमाथि छानबिन हुनुपर्ने भन्दै अभियानले प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।
११ साउन, काठमाडौं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
महोत्तरीको बर्दिबास-कालापानीस्थित महोत्तरी डिभिजन वनका सात जना कर्मचारीलाई बन्धक बनाइ उनीहरू सवार गाडीमा आगो लगाउने आपराधिक समूहलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग राखेर अभियानले प्रदर्शन गरेको हो ।
कालापानी घटनाका पीडित वन कर्मचारीहरूको न्यायका लागि हल्ला बोल लेखिएको ब्यानर बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
कालापानी घटनाका पीडित वन कर्मचारीलाई न्या देऊ सरकार, उक्त घटना दबाउनेमाथि छानबिन गर सरकार लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4