+
+
Shares

कप्तानगञ्ज घटनाका घाइतेसँग स्वास्थ्यमन्त्रीको भेट

घाइते भेटपछि अस्पताल प्रशसानलाई उनीहरूको उपचारमा कुनै कमजोरी हुन नदिन मन्त्री मेहताले निर्देशन दिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १९:०३

१२ साउन, विराटनगर  । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएकाहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता भेटेकी छन् ।

घाइतेको अवस्था बुझ्न मंगलबार विराटनगर आएकी उनले अस्पताल पुगेर घाइतेहरूलाई भेटेकी हुन् ।

घाइते भेटपछि अस्पताल प्रशसानलाई उनीहरूको उपचारमा कुनै कमजोरी हुन नदिन मन्त्री मेहताले निर्देशन दिइन् ।

देवानगञ्ज घटनामा प्रहरीको गोली लागेर घाइते भएकाहरूको विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्री मेहताले घाइतेको उपचार खर्च सरकारले बेहोर्ने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?