+
+
Shares

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राहदानी ऐन अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
  • वि.सं. २०६८ सालको कसुरमा उनीविरुद्ध २०८२ चैतमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

१८ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो पक्राउ गरेको हो ।

कागेश्वरी मनहरा नगरपालिकाबाट उनलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।

उनलाई राहदानी ऐन अन्तर्गतको कसुरमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

०६८ सालमा उनले उक्त ऐनअन्तर्गत कसुर गरेको फेला परेसँग उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध ०८२ चैतमा मात्रै मुद्दा दर्ता भएको थियो । पक्राउ परेका भट्टराईलाई अदालतमा बुझाउने तयारी प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?