+
+
Shares

सरकारले भन्यो- नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले नेपाल एक चीन नीतिप्रति दृढताका साथ प्रतिबद्ध रहेको आधिकारिक रूपमा स्पष्ट पारेको छ।
  • परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरीत प्रयोग हुन नदिने नीतिमा अडिग रहेको बताए।
  • उनले भने, ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ र आफ्नो भूमि कुनै पनि मित्र राष्ट्रको हित विपरीत प्रयोग हुन नदिने विषयमा सरकार दृढ छ।’

२६ असार, काठमाडौं । सरकारले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

शुक्रबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएको हो ।

केही दिनअघि नेपालमा दलाइ लामको जन्मदिन मनाउन सरकारले अनुमति दिएसँगै संसद्‍मा नेपाल एक चीन नीति विपरीत गएको हो ? भन्दै प्रश्न उठेको थियो ।

सोही प्रश्नको जवाफमा सरकारले नेपाल आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरीत प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए ।

उनले नेपालले नेपालको भूमि कुनै पनि मित्र राष्ट्रको हित विपरीत प्रयोग हुन नदिने बताए ।

उनले भने, ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरीत प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग छ । हामी हाम्रो भूमि कुनै पनि मित्र राष्ट्रको हित विपरीत प्रयोग हुन नदिने र नहुने विषयमा प्रतिबद्ध छौँ । सोही प्रतिबद्धता बमोजिम सरकारको नीति र सरकारको अडान यथावत छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?