Comments Add Comment

सिन्धुपाल्चोकको हेलम्बुमा पहिरो

तस्वीर: धर्मराज देवकाेटाको फेसबुकबाट

१ असार, काठमाडौं । अविरल वर्षापछि आएको पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो गएको छ । केही भौतिक संरचना बगाएको हुनसक्ने भनिएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले क्षतिको खबर आए पनि यकिन विवरण आइनसकेको बताए । उनले अनलाइनखबरलाई बताएअनुसार बाढीले क्षति पुर्याएको ठाउँ पहाडी क्षेत्रमा पर्छ ।

‘केहिवेर अघिसम्म भागाभाग थियो, अहिले प्रहरी र जनप्रतिनिधिमार्फत विवरण संकलन गर्ने प्रयास भइरहेको छ’ पोखरेलले भने, ‘त्यहाँ रहेको केही ट्राउट फर्म बगाएको भनिएको छ, अन्य क्षति पनि भएको हुनसक्छ ।’

त्यहाँ रहेका सुरक्षा निकायका पोष्ट पनि बगााएको जनाइएको छ ।

यसैबीच मेलम्ची नगरपालिकाको चनौटे बजार पनि जलमग्न भएको छ । यद्यपि पूर्वतयारी गरिएका कारण हालसम्म कुनै क्षति नभएको उनले बताए ।

बलेफी खोलामा बाढीले खतराको तह नाघ्यो

जल तथा मौसम विज्ञान विभागले मंगलबार राति दिएको जानकारीअनुसार जिल्लाको बलेफी खोलामा बाढीले खतराको तह नाघेको छ।

साँझ अकस्मात जलसतह खतराको तहमा पुगेको विभागले जनाएको हो । बाह्रविसेको भोटेकोसी नदी क्षेत्रमा पनि पानीले खतराको तह नाघेको छ ।

दुवै क्षेत्रमा बुधबार बिहानसम्म सतर्कता अपनाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment