Comments Add Comment

सभामुखले गरे बाढी र डुवानग्रस्त मेलम्ची क्षेत्रको अवलोकन

२ असार, काठमाडौं । बुधबार सिन्धुपाल्चोकको बाढी र डुवानग्रस्त क्षेत्रको अवलोकनमा पुगेका सभामुख अग्निप्रसाद सापकोटाले उद्धारमा जोड दिन स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

मेलम्ची क्षेत्रको अवलोकनमा पुगेका उनले मेलम्ची नगरपालिकाका प्रमुख र सम्बद्ध पक्षसँग उद्धार, राहत र भए गरेका कामबारे जानकारी लिएका छन् ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार बाढीपछि अवरुद्ध फोन, इन्टरनेट, विद्युत तथा सडक तत्काल सुचारु गर्न संघ, प्रदेश र स्थानीय सरकारले समन्वय गरेर अगाडि बढ्न सापकोटाले सुझाव दिए ।

यस्तै उद्धार र बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलनलाई प्राथमिकतामा राखेर काम गर्न र त्यसमा आफ्नो तर्फबाट पनि पहलकदमी लिने उनले प्रतिबद्धता जनाए । सिन्धुपाल्चोक सभामुख सापकोटाको गृहजिल्ला पनि हो ।

बुधबार नै जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन गरिएको छ । बाढीबाट विस्थापितहरुलाई तत्काल राहतका सभामुख सापकोटाले खाद्यान्नलगायत राहतका सामग्री हस्तान्तरण गरेको न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment