Comments Add Comment
अध्ययनपछिको सेयर बजार :

जोखिमयुक्त भनिएका ४७ कम्पनीको सेयर मूल्य घट्यो, ३ वटाको बढ्यो

२ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्ययनको असर सेयर बजारमा देखिएको छ । मंगलबार बोर्डले ५१ वटा कम्पनीहरुको नाम नै तोकेर अस्वभाविक रुपमा यी कम्पनीहरुको सेयर मूल्य बढेको बताएको थियो ।

यसको असर बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५२ अंकले घटेको छ । बोर्डले जोखिमयुक्त भनेका कम्पनीहरु पनि ४७ वटाको सेयर मूल्य घटेको छ ।  यी कम्पनीहरुको मूल्य बढ्नु पर्ने आधारभूत आधारहरु नभेटिएको र चलेखेल भएको आशंका गर्दै बोर्डले लगानीकर्ताहरुलाई सचेत गराएकाे थियाे ।

बुधबार अपेक्षाकृत नै बजार घटेको छ । नेप्से परिसूचक ५२ अंक भन्दा माथिले घटेको छ भने कारोबार रकम पनि पछिल्लो तीन दिनको तुलनामा कम देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने माइक्रोफाइनान्स बाहेकका सबै सबइन्डेक्सहरु ओरालो लागेका छन् । माइक्रोफाइनान्स भने थोरै भए पनि बढेको छ ।

तुलनात्मक हिसाबले बजारमा प्रभाव समेत धेरै देखिएको छैन । बोर्डले ५१ वटा कम्पनीको सेयरमा जोखिम रहेको बताए पनि ति मध्येकै केही कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको छ । बोर्डले भनेकाहरुमध्ये ४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ५१ वटा कम्पनीको सूचीमा परेको घोडाघोडी लघुवित्त अहिले मर्जर प्रक्रियामा रहेकाले कारोबार स्थगन नै रहेको छ । यसकारण यसको घटबढ हुन कुरै भएन ।

अझ रोचक कुरा त बोर्डले जोखिम भनेका तीन कम्पनीहरुको सेयर मूल्य बढेको छ । बोर्डले सिनर्जी पावर, महिला लघुवित्त र युनियन हाइड्रोलाई समेत जोखिमको सूचीमा राखेको थियो । तर सिनर्जी ४ रुपैयाँ, महिला ५ रुपैयाँ र युनियन २६ रुपैयाँ प्रतिकित्ताले सेयर मूल्य बढेको छ ।

कसलाई विज्ञप्तिले असर गरेन

बोर्डले ५१ कम्पनीको नाम नै तोकर जोखिम छ भने पछि बजार निकै घट्ने अनुमान गरिएको थियो । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद भने बोर्डको सूचीमा नयाँ तथ्याङ्क केही नसमेटिएको र सबैलाई थाहा भएकै तथ्याङ्क भएकाले आत्तिनु नपर्ने बताएका थिए ।

नभन्दै ५० कम्पनीको सेयर मूल्य उकालो लाग्यो । बुधबार सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा पहिलो नम्बरमा सिईडीबी हाइड्रोपावर कम्पनी देखिएको छ । यस कम्पनीको सेयर मूल्य ९.९० प्रतिशत अर्थात ६६ रुपैयाँले वृद्धि भएको छ ।

दोस्रोमा फस्र्ट माइक्रोफाइनान्सको मूल्य ७.२० प्रतिशत ५९ रुपैयाँले बढेको छ भने बोर्डले जोखिम युक्त भनेको कम्पनी युनियन हाइड्रो धेरै बढ्नेको तेस्रो नम्बरमा छ । यसको सेयर मूल्य ६.४४ प्रतिशत अर्थात २६ रुपैयाँले बढेको छ । यसैगरी आरएसडीसी लघुवित्त, स्वाभिमान लघुवित्त र कालिका लघुवित्तको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यसैगरी ग्रामीण विकास लघुवित्त, आशा लघुवित्त, एनआईसी एसिया लघुवित्त र स्वरोजगार लघुवित्तको सेयर मूल्य पनि वृद्धि भएको छ ।

हेर्नुस् कुन कम्पनीको सेयर बढ्ने कम्पनीहरु :

धेरै घट्ने कम्पनी कुन  ?

बुधबार ५० कम्पनीको सेयर मूल्य बढ्दा ५० कम्पनीकै सेयर मूल्य घटेको छ । जसमा सबै भन्दा धेरै गुमाउने पहिलो नम्बरमा जोशी हाइड्रोपावर कम्पनी देखिएको छ । जोशीको सेयर मूल्य ९ दशमलव ९४ प्रतिशत अर्थात ३४ रुपैयाँले घटेको छ । धेरै घट्ने दोस्रो नम्बरमा देखिएको गोर्खाज फाइनान्सको सेयर मूल्य ९ दशमलव ९२ प्रतिशत अर्थात १४२ रुपैयाँले घटेको छ ।

तेस्रो नम्बरमा देखिएको नेशनल हाइड्रोपावरको सेयर मूल्य ९.९१ प्रतिशत, चौथो नम्बरमा देखिएको छ्याङ्दी हाइड्रोपावरको ९.८८ र पाँचौ न्म्रबमा आँखुखोला जलविद्युतको सेयर मूल्य ९.८५ प्रतिशतले बटेको छ ।

यसैगरी बेष्ट फाइनान्सको सेयर मूल्य ९.७८, पञ्चकन्यामाई हाइड्रोपावरको सेयर मूल्य ९.७६, घलेम्दी हाइड्रकोको ९.७५ प्रतिशत, दिश्वस्वरी हाइड्रोपावरको ९.७२ प्रतिशत र मल्टिपर्पज फाइनान्सको सेयर मूल्य पनि ९.७२ प्रतिशतले नै घटेको छ ।

अरु कुन-कुन कम्पनीको सेयर मूल्य कतिले घट्यो हेर्नुस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका बिषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment