+
+
Shares

डेटा सेन्टरमा समस्या आएपछि सेयर बजार बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते ११:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डाटा हब प्रालिमा असोज ४ गते बिहानदेखि आएको प्राविधिक समस्याका कारण नेप्सेले आजको नियमित सेयर कारोबार स्थगित गरेको छ।
  • ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेको डाटा सेन्टरको समस्या समाधान नभएकाले कारोबार सञ्चालन गर्दा प्रणालीमा क्षति पुग्न सक्ने भन्दै ब्रोकर एसोसिएसनले स्थगन गर्न निवेदन दिएको थियो।
  • नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) अनुसार असोज ५ गतेको कारोबार स्थगित गर्दै असुविधाप्रति क्षमासमेत मागेको छ।

५ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित सेयर कारोबार स्थगित गरेको छ ।

नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर डेटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको थियो । समस्या समाधानका लागि पहल भइरहेको भए पनि हालसम्म समाधान हुन नसकेको नेप्सेले जनाएको छ ।

यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आजको कारोबार स्थगित गर्न निवेदन दिएको थियो ।

सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार आज असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको हो ।

नेप्सेले कारोबार स्थगित हुँदा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?