+
+
Shares

३३ अंक घट्यो सेयर बजार, ६ अर्ब नाघ्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार धितोपत्र बजारमा नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१ बिन्दुमा कायम भएको छ ।
  • दिनभरिमा ६ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा बढेको हो ।
  • बजारमा ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

११ साउन, काठमाडौं । अघिल्लो कारोबार दिन ७.९० अंक बढेको सेयर बजार सोमबार ३३.२८ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २७०१ अंकमा झरेको छ ।

कारोबार खुलेपछि बढेको बजार १२ : १३ बजे २७४४ अंकसम्म पुगेको थियो । त्यसपछि बजार अन्तिम समयसम्म ओरालोमा रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७ करोडको भयो ।

आज ३५ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने ५ को स्थिर रह्यो । आज बैंकिङ समूह ०.१० प्रतिशत बढ्यो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.३० प्रतिशत घट्यो ।

त्यस्तै व्यापार २.२३, होटल तथा पर्यटन २.२२ प्रतिशत घटे । विकास बैंक १.८२, फाइनान्स ०.७०, जलविद्युत् १.९०, लगानी ०.७०, जीवन बीमा १.२५, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा १.२१ तथा अन्य १.६९ प्रतिशत घटे ।

हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै गोर्खाज फाइनान्सको ३.८६, धौलागिरि लघुवित्तको ३.११ प्रतिशत बढ्यो ।

आत्मनिर्भर लघुवित्तको १३.३८, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.६३, कालंगा हाइड्रोपावरको ८.५२, सालपा विकास बैंकको ८.१९ तथा होटल फरेस्ट इनको ७.५७ प्रतिशत मूल्य घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, ग्लोबल आईएमई बैंक, रिडी पावर, कुमारी बैंक, सेन्ट्रल फाइनान्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?