+
+
Shares

सेयर बजार ६ महिनाकै तल्लो बिन्दुमा, लगातार सातौं दिन घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेप्से परिसूचक २४.६३ अंकले घटेर २६०८ अंकमा कायम भएसँगै सेयर बजार ६ महिनायताकै न्यून बिन्दुमा झरेको छ ।
  • बजारमा लगातार सातौं दिन गिरावट आउँदा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेर ३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
  • आज सबै समूहका सूचक ओरालो लागेका छन् भने २३५ कम्पनीको मूल्य घट्दा ३५ कम्पनीको मात्र मूल्यमा वृद्धि भएको छ ।

१६ असार, काठमाडौं । सेयर बजार ६ महिनाकै तल्लो बिन्दुमा झरेको छ । मंगलबार लगातार सातौं कारोबार दिन घटेसँगै नेप्से परिसूचक ६ महिनाकै तल्लो बिन्दुमा झरेको हो ।

आज नेप्से परिसूचक २४.६३ अंक घटेको छ । यो अंकको कमीपछि २६०८ अंकमा कायम भएको छ, यो अंक गत पुस ९ यताकै न्यून हो । पुस ९ गते नेप्से २५८५ अंकमा थियो ।

गत साताका पाँचै दिन घटेको बजार यो साता पनि सुरुवाती दुई दिन घटिसकेको छ । अघिल्लो दिन नेप्से परिसूचक १६.५४ अंक घटेको थियो । यसअघि गत साता सोमबार १.४६, मंगलबार २६.१७, बुधबार १४.४६, बिहीबार ८.५० र शुक्रबार २.०० अंक नेप्से घटेको थियो ।

आज बजार दिनभरजसो रातो अंकमा रह्यो । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन २ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ३ अर्ब २५ करोडको भयो ।

३५ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहका सूचक घटेका छन् । बैंकिङ ०.७३, विकास बैंक ०.०१, फाइनान्स १.००, होटल तथा पर्यटन ०.९३, जलविद्युत् १.४३, लगानी ०.७४, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन १.२०, माइक्रोफाइनान्स ०.५६, निर्जीवन बीमा ०.६१, अन्य १.३१ तथा व्यापार १.७४ प्रतिशत घटे ।

हालै सूचीकृत स्नो रिभर्सको मूल्य १५ प्रतिशत बढेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको १३.०४, स्वाभिमान लघुवित्तको १०.८०, सिर्जनशील लघुवित्तको ७.३९ प्रतिशत मूल्य बढ्यो ।

टक्सार पिखुवाखोलाको मूल्य सबैभन्दा धेरै १४.०३ प्रतिशत घट्यो । त्यस्तै याम्बलिङ हाइड्रोपावरको ८.२३ प्रतिशत घट्यो । यी दुवै कम्पनीको मूल्य अघिल्लो दिनसम्म १५ प्रतिशत बढेका थिए । सूचीकृतपछि पहिलो पटक दुवै कम्पनीको मूल्य घटेको हो ।

सोपान फर्मास्युटिकल्सको ५.९०, श्रीनगर एग्रिटेकको ५.४९, पियोर इनर्जीको ५.४८ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा सिद्धार्थ बैंक, टक्सार पिखुवाखोला, आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र याम्बलिङ हाइड्रोपावर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?