+
+
Shares

रुकुमपूर्वमा यात्रुवाहक जिप दुर्घटना, सुरक्षाकर्मी घटनास्थल पुग्दै

उकालो सडकमा जिप दुर्घटना भएको हो । स्थानीयका अनुसार जिपमा १४ जना सवार छन् । तर, उनीहरुमध्ये कति घाइते भए भन्ने खुलेको छैन । प्रहरी टोली घटनास्थल जाँदैछ ।

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८३ असार १७ गते ७:११

१७ असार, रुकुमपूर्व । रुकुमकोटबाट सिस्ने गाउँपालिका–४ दाडिङ तर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटना भएको छ । लु१ज २४७० नम्बरको जिप सिस्ने गाउँपालिका–४ स्थित झाक्रीपोले क्षेत्रमा दुर्घटना भएको हो ।

स्थानीयका अनुसार उकालो सडकमा चढ्ने क्रममा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा जिप चालकसहित १४ जना सवार रहेको खुलेको छ ।

दुर्घटनामा परी धेरै जना घाइते भएको स्थानीयले बताएका छन् । यद्यपि घाइतेको यकिन संख्या तथा उनीहरूको अवस्था खुलेको छैन । घटनास्थलमा स्थानीयवासीले उद्धार कार्य गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन भइसकेप्रहरीले जनाएको । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?