+
+
Shares

दैलेख जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दैलेखको भैरबी गाउँपालिका–७ मा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोटका कलबहादुर रोकाय, मित्र सुनार र पुल्तिसरा बिक रहेका छन् ।
  • दुर्घटनाका पाँच घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ भने अन्यको दैलेखमा उपचार भइरहेको छ ।

१८ जेठ, सुर्खेत । दैलेखमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनालाई चिकित्सकले मृत घोषण गरेका हुन् ।

मृत्यु हुनेमा जिप चालक कालीकोटको शुभकालिका–५ का ३५ वर्षीय कलबहादुर रोकाय, सोही ठाउँका ३९ वर्षीय मित्र सुनार र शुभकालीका–६ का ६० वर्षीया पुल्तिसरा बिक रहेका छन् ।

सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिका जाँदै गरेको सुप०१००१ च ४९६४ नम्बरको जिप दैलेखको भैरबी गाउँपालिका–७ कालगौंडीमा दुर्घटना भएको थियो ।

सोमबार दिउँसो भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्‍याइएको थियो । तर अस्पतालमा उनीहरूलाई मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

उनका अनुसार मृतक तीन जनाको शव जिल्ला अस्पताल दैलेखमा राखिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको डीएसपी विकले जानकारी दिए ।

शुभकालिका– ४ की ४५ वर्षीया नैन सुनार र वडा नम्बर–६, का २७ वर्षीय सुमत बिकलाई थप उपचारका लागी प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । अन्य घाइते तीन जनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।

थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवणकुमार बिकको कमान्डमा ५ जनाको टोली घटनास्थल पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?