Comments Add Comment

गशिप

List Grid
‘शान्ति’ खोज्दै स्वस्तिमा

लकडाउनका कारण मानिसहरू तनावमा छन् । दुई महिनाभन्दा लामो समयदेखि घरमै रहँदा पक्कै पनि मानिसहरूलाई आनन्द र शान्त ठाउँको खोजी हुनु स्वभाविक नै हो । अझ, चलचित्रको पर्दामा दैनिक रमाउने र काममा व्यस्त हुने कलाकारहरूका लागि त लकडाउनले उकुसमुकुस नै बनाएको छ । सामाजिक सञ्जालमा कलाकारले दर्शकलाई आनन्द प्राप्त गर्ने उपाय त सेयर गरिरहेका छन् […]

संयम र आश्माको माया

चलचित्र ‘आभाष’ यदि तपाइले हेर्नुभएको छ भने, नायक संयम पुरी र नायिका आश्मा डीसीलाई पक्कै संझने भएको होला । यो जोडीले एकसाथ यो चलचित्रमा काम गरेपनि, यसपछि भने यो जोडी पर्दामा जम्न सकेन । तर, पर्दामा नजमेपनि रियल लाइफमा भने यो जोडी जमेको छ । संयम पुरीको अभिनयको त हजारौ फ्यान थिए । जीवन्त अभिनय […]

नम्रताको खुशी हुने तरिका

लामो समयसम्म घरमै बस्नुपर्दा मानिसहरुमा छटपटी बढ्दै गएको छ । आ–आफ्नै समस्याले मानिसहरुलाई पिरोल्न थालेको छ । यसैले, यस्तो समयमा खुशी हुन अझै आवश्यक छ । खुशी हुनका लागि के गर्ने त ? नेपाली चलचित्रका कलाकारहरुले सामाजिक संजालमा खुशी हुने उपायहरु शेयर गरिरहेका छन् । नायिका नम्रता सापकोटा पनि फिट रहन योगा, ध्यान गर्ने गर्छिन् […]

वर्षा र संजोगको माया

नायिका वर्षा राउत विवादमा परेपछि नायक संजोग कोइरालाले एउटा भिडियो सार्वजनिक गरेका छन् । आफ्नो युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा संजोगले वर्षाले गलत बोलेको त बताए नै, साथमा वर्षाका लागि तथानाम गालीगलौज गर्नेहरूलाई पनि राम्रैसँग जवाफ दिए । डेढ वर्ष अगाडि एकसाथ अगाडि बढ्ने निर्णय गरेको यो जोडी चलचित्र क्षेत्रमै उदाहरणीय मानिन्छ । वर्षा र संजोगको […]

प्रियंका र आयुष्मानको ‘माया’

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले फागुणको १६ गते बिहे गरे । बिहे भएको करिब २० दिनपछि देशमा लक डाउन भयो । यहीकारणले पनि आयुष्मान र प्रियंकाले हनिमुनको कुनै योजना बनाउन पाएनन् । उनीहरु, अहिले भैसेपाटीमा छन् । विशेषगरि, बिहे लगतै घर सजाउन व्यस्त देखिएकाले पनि आयुष्मान र प्रियंका हनिमुनका लागि बाहिर जान […]

वर्षा सिवाकोटीको अपिल–‘नाम हेरेर मेसेज गर्नुहोला’

शनिबार बेलुकादेखि नायिका वर्षा राउत आफ्नो बोलीका कारण आलोचनामा परेकी छिन् । वर्षाले बोल्ने क्रममा नेपाल र भारतको मिडियाका कारण आफूलाई भारतीय साथीहरुसँग कुरा गर्न गाह्रो भएको तर्क प्रस्तुत गरेकी थिइन् । वर्षाले यो बिषयमा माफि पनि मागिसकेकी छिन् । तर, नाम एउटै भएका कारण अर्की नायिका वर्षा सिवाकोटीलाई भने समस्या परेको छ । धेरै […]

के प्रेममा छन् कट्रिना र बिक्की ?

भारतीय मिडियामा कलाकारको प्रेमका बारेमा हुने चर्चा सामान्य नै हो । कलाकारहरू कुनै स्थानमा एकसाथ देखिए भने मिडियामा उनीहरू प्रेममा रहेको चर्चा सुरु हुन्छ । बलिउडमा केही समयदेखि नायिका कट्रिना कैफ र नायक बिक्की कौशलको प्रेम चर्चा सुरु भइरहेको छ । हुनत, यी दुईले आजसम्म प्रेममा रहेको स्वीकार भने गरेका छैनन् । नायक रणवीर कपुरसँग […]

निश्चल–स्वस्तिमाको प्रेम

नायिका स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेत लक डाउनका कारण घरमै छिन् । लक डाउनको समयमा स्वस्तिमा सामाजिक संजालमा बढी व्यस्त छिन् । नायिका खड्काले एक अमेरिकन चलचित्रमा काम गर्ने खबर पनि सार्वजनिक भैसकेको छ । नायिका खड्काले पनि सबै कुरा चाडै नै ठिक भएर भगवानले चाहेको खण्डमा आफूले अमेरिकन चलचित्रमा काम गर्ने जानकारी आफ्ना […]

सोनामको पर्खाइ कहिलेसम्म ?

चलचित्र ‘सम्हालिन्छ कहिले मन’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्न लागेका कलाकार सोनाम तोप्देनको पर्खाइ अझै लम्बिने भएको छ । उनले, आवाज भरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘तिम्रो घरको वरिपरि’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । यो गीतले उनको आवाज कर्णप्रिय छ भन्ने त पुष्टि गरेको छ । तर, सोनामको अभिनय कस्तो […]

प्रेमीको प्रशंसा गर्दै साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह केही समयदेखि देवांशु जंगबहादुर राणाको प्रेममा छिन् । साम्राज्ञी र देवांशुले आफूहरुको प्रेमलाई लुकाएका छैनन् । साम्राज्ञी र देवांशु कहिलेकाही तस्वीरका कारणले चर्चामा पनि आउँछन् । तर, बजारमा जतीसुकै आलोचना भएपनि, गसिप लेखिएपनि यी दुइलाई खासै फरक परेको छैन । बरु, यी दुइको प्रेम झनै फराकिलो बन्दैछ । नायिका शाह देवांशुसँग […]

सविनको प्रेममा छल्किएको अनुको मुस्कान

नायिका अनु शाह नेपाली चलचित्रमा केही बर्ष अगाडिसम्म चम्किएकी थिइन् । नायक निखिल उप्रेतीसँग चलचित्र ‘भैरव’मा काम गर्दा उनको चर्चा राम्रै थियो । तर, नयाँ नायिकाको आगमन बढ्दै जानु र अनुका चलचित्रले सफलता हात नपार्नुले, उनको करिअर सुस्ताउँदै गयो । अहिले उनी चलचित्रको पर्दामा देखिएकी छैनन् । तर, पनि सामाजिक संजालमा उनको सक्रियता पनि निकै […]

अदिती सोध्छिन्- ‘कुन पोज राम्रो ?’

चलचित्र ‘बेञ्जो’को छायांकन सुरु नहुँदा नायिका अदिती बुढाथोकी यतिबेला फुर्सदमा छिन् । चलचित्रको निर्माण रोकिँदा यो वर्ष दर्शकसँग अदितीको भेट हुने सम्भावना कम हुँदै गएको छ । निर्देशक सुरेन्द्र पौडेल आफैँले पनि चलचित्रको छायांकनका लागि आफू तयार भएपनि लकडाउनका कारण काम सुरु गर्न नसकेको बताएका छन् । चलचित्र ‘कृ’पछि नायिका बुढाथोकी दर्शकमाझ यो चलचित्रमार्फत् आउन […]

नम्रताको हातमा गितार

नायिका नम्रता श्रेष्ठ लकडाउनका कारण घरमै छिन् । तर, लकडाउनको समयमा पनि उनी सामाजिक काममा पनि सक्रिय देखिएकी छिन् । उनै नम्रताले शनिबार सामाजिक सञ्जालमा केही तस्वीर पोष्ट गरिन्। जहाँ उनी हातमा गितार लिएर मुस्कुराइरहेकी छिन् । नम्रताले आफू गितार बजाउने तयारीमा लागेको तर निकै लाज पनि लागिरहेको उल्लेख गरेकी छिन् । नम्रताका अनुसार उनले […]

राजेश हमालको दारी पाकेको कि फुलेको ?

उमेरले आधा शताब्दी नाघिसक्दा पनि नायक राजेश हमाल आफूलाई सधै जवान ठान्छन् । कसैले अहिलेको उमेर सोध्यो भने भन्ने गर्छन्, ‘२५ वर्ष पुगेपछि गन्नै छोडिदिएँ ।’ सार्वजनिक कार्यक्रममा जाँदा टिपटप भएर पुग्ने भएकाले उनको उमेर अनुमान गर्न पनि गाह्रै हुन्छ । तर, हमालको अनुहारमा बुढ्यौलीका चिन्हहरु देखिन थालिसकेका छन् । जस्तो कि उनी आफैंले हालै […]

लकडाउनमा वर्षाको फेरिएको लुक्स

नायिका वर्षा राउत अहिले लकडाउनका कारण घरमै छिन् । हुनत, लक डाउनका कारण विश्वभरका आधा जनसंख्या घर भित्रै छन् । घरमा रहेका कलाकारहरुले खानाका परिकार बनाएका भिडियो, तस्वीरदेखि चलचित्र हेर्दै गरेका भिडियो पनि सेयर गरिरहेका छन् । कतिपय कलाकारले जनचेतनाका लागि भिडियो पनि बनाइरहेका छन् । यतिबेला नायिका वर्षा राउत भने घरमै बसेर आफ्‍नै घरेलु […]

श्रृष्टी र सौगातको ‘लभ लकडाउन’

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ केही समयदेखि लिभिङ टूगेदरमा छन् । यो जोडीले बिहे गर्न लागेको खबरहरु पनि सार्वजनिक भैरहेका छन् । संभवत, आउँदो बर्ष यो जोडी बिहे बन्धनमा बाँधिन सक्छ । यतिबेला, विश्व नै लक डाउनमा छ । कलाकारहरु पनि लक डाउनका कारण घर भित्रै छन् । कलाकारहरुले लक डाउनको समयमा सार्वजनिक […]

कमेडी सकिएपछि माल्दिभ्समा रमाउँदै रीमा

‘कमेडी च्याम्पियन’ सकिएसँगै यसको निर्माणपक्ष नयाँ शोको तयारीमा छ । यो शोको होस्ट नायिका तथा मोडल रीमा विश्वकर्माले गरेकी थिइन् । शोको होस्ट गर्दा नेपाल बाहिर निस्कन नपाएकी रीमा यतिबेला भने माल्दिभ्स पुगेकी छिन् । चलचित्र ‘हिजो आजका कुरा’को छायांकन सकेकी रीमाले शोको होस्ट भएर राम्रै चर्चा पाइन् । सायद, यही थकान भुलाउनका लागि उनी […]

इन्स्टाग्राममा पलले आँचललाई किन अनफलो गरे ?

पल शाहको फ्यान क्रेज लोभलाग्दो छ । सामाजिक संजालमा पनि उनलाई पछ्याउनेको संख्या गज्जबको छ । सामाजिक संजाल इन्स्टाग्राममा पललाई पछ्याउनेको संख्या डेढ लाख छ । पलको यो लोभलाग्दो फ्यान क्रेजले पनि उनको स्टारडम कस्तो छ भनेर वुझ्न सकिन्छ । पलले सामाजिक संजाल इन्स्टाग्राममा भने निकै कमलाई मात्र पछ्याएका छन् । उनले केही समय अघिसम्म […]

इन्गेजमेन्टमा डराइन् आँचल

नायिका आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठले सोमबार इन्गेजमेन्ट गरे । काठमाण्डौको एक पार्टी प्यालेसमा दुइले औठी साटेका हुन् । इन्गेजमेन्ट सोमबार भएपनि यी दुइको बिहे भने फागुणको २९ गते हुँदैछ । चैत्रको १ गते यी दुइले चलचित्रकर्मी, आफन्त र साथीभाइका लागि पार्टीको आयोजना गरेका छन् । उदिपसँग औठी साटेसँगै नयाँ खालको अनुभव आएको […]

प्रियंकाको कपि गर्दै जब आयुष्मानले दिए यस्तो पोज

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी फागुणको १५ अर्थात बिहिबार बिहे गर्दैछन् । उनीहरुले आफ्नो बिहेलाई हरेक कोणबाट अविस्मरणिय बनाउने तयारी गरिरहेका छन् । तर, कतिपय क्रियाकलाप भने ट्रोलको शिकार पनि भैरहेका छन् । नायिका प्रियंका कार्की केही हप्ता अगाडि आफ्नो साथीहरुको साथमा ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी थिइन् । एक हप्ता लामो […]

आँचललाई फ्यानको प्रश्न–‘के बिहेपछि पनि फिल्म खेल्नुहुन्छ ?

नायिका आँचल शर्मा आफ्ना प्रेमी डाक्टर उदिप श्रेष्ठसँग फागुणको २९ गते बिहे गर्दैछिन् । आँचलको जीवनसाथी बन्दै गर्दा आँचल उत्साहित छिन् । उनै, आँचललाई सामाजिक संजालमा फ्यानले उदिपसँग सम्बन्धित विभिन्न बिषयमा प्रश्न सोधेका छन् । एक जना फ्यानले आँचललाई सोधेका छन्–‘के तपाई बिहेपछि पनि चलचित्र खेल्नुहुन्छ ? यसमा आँचलले जवाफ दिइन्–‘किन नगर्नु, पक्कै पनि गर्छु […]